३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सिनामंगलमा टिपर आतंक, ३ मोटसाईकललाई ठक्कर, एकको मृत्यु, ४ घाईते


प्रकाशित: सोमबार, ९ भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । आईतबार राती सिनामंगलमा एक टिपरले ३ वटा मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 


ठक्करबाट मृत्यु हुनेमा बा ३८ प २३९३ नम्बरका चालक पासाङ भोटे रहेको प्रहरीले जनाएको छ । 


सिनामङ्गल कार्गो कार्यालय अगाडि तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरको तीनवटा मोटरसाइकललाई ठक्कर दिएको थियो । 


बा ८५ प ५६९ नम्बरका चालक छाङवुङ भोटे, ना ४३ प ८७३५ नम्बरका चालक प्रमोद धिताल भने गम्भीर घाइते छ । उनीहरुको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । 


यस्तै घाइते सिसम वाग्ले र प्रवीन धितालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । 


चालकलाई भने नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex