४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

महानगरले कुहिने र नकुहिने फोहर संकलन सुरु गरयो


प्रकाशित: आईतबार, ८ भाद्र २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपलिकाले आईतबारबाट कुहिने र नकुहिने फोहर संकुलन सुरु गरेको छ । 


महानगरले भित्री ३ वटा वडा (१२, १८ र २१) को घरेलु फोहोरलाई कुहिने र नकुहिने छट््याएर संकलन शुरु गरेको महानगरले जनाएको छ । आइतबार, मंगलबार, बिहीबार र शनिबार हप्ताको ४ दिन कुहिने र सोमबार र बुधबार २ दिन नकुहिने फोहोर संकलन गरिनेछ ।


वडा १८ यस विषयमा आज सचेतनामुलक ¥याली निकालेका थियो । ¥यालीको समापनको अवसरमा वडाध्यक्ष न्हुच्छेकाजी महर्जनलले कुहिने फोहोर लिन हरियो रङ्ग लगाइएको र नकुहिने फोहोर लिन रातो रङ्ग लगाएको गाडी पठाइने जानकारी दिए । 


यस वडामा फोहोरलाई श्रोतमा तह लगाउन कौसी तरकारी खेती तालिम दिइएको छ भने, कुहिने फोहोरलाई मल बनाउन कम्पोष्ट बिन प्रयोग बिधि सिकाइएको छ । 


फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोर उत्पादनकलाई व्यवस्थापनमा जिम्मेवार बनाएको छ । यो व्यबस्थालाई नागरिकसँगै मिलेर कार्यान्वयन गर्ने हाम्रो प्रयास हो । 


वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले नागरिकले कुहिने र नकुहिने फोहोरलाई छुट््याएर राखिदियो भने हामी छुट्टाछुट्टै संकलन, ढुवानी र अन्तिम व्यवस्थापन गर्ने बताए । 


यस किसिमको फोहर व्यवस्थापन गर्न टेकु ट्रान्सफर साइट नकिज जैबिक फोहोर राख्ने खाल्टो तयार भइसके श्रेष्ठले जानकारी दिँदै भने, ‘यो अभ्यासबाट परिणाम देखिन थालेपछि क्रमशः प्रबिधिसँग अन्तरसम्बन्धित बनाएर फोहोर व्यवस्थापनको दिगो समाधान खोज्छौं ।’


काठमाडौं महानगरबाट उत्पादन हुने दैनिक करीब ५१६ मेट्रिक टनसहित उपत्यकाबाट दैनिक करीब १,०४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यसरी उत्पादन हुने फोहोर नगरपालिकाहरुसँगै केही निजी कम्पनी तथा गैर सरकारी संघसंस्थाले संकलन र ढुवानी गरेर अन्तिम व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट पु¥याउँछन । 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika