३ भाद्र २०८३, बुधबार
Header

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौको अध्यक्षमा अरविन मान सिं


प्रकाशित: आईतबार, ८ भाद्र २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाको अध्यक्षमा अरविनमान सिंह चयन भएको छ ।


शनिवार दबूको तेश्रो अधिवेशनबाट सिंको अध्यक्षमा १५ सदस्यी नयाँ कार्यसमिति छनौट भएको हो । 


समितिको उपाध्यक्षमा प्रवीण महर्जन प्रजापति, सचिव रत्नकाजी महर्जन, कोषाध्यक्ष राजेन्द्र मानन्धर (नीलः) सहसचिव शरण डंगोल र महिला सहसचिव बिनिता खड्गी चयन भएको हो । 


त्यसैगरी समितिका सदस्यहरुमा शैलेश कुमार डंगोल, राजेन्द्र मानन्धर ( राजेन), रेखा शाक्य, रोजिता बुद्धाचार्य, मनोजरत्न शाही, बिजय कुमार सिं, सहयोग रञ्जित, किचः सिंह ज्यापु र विमला मानन्धर रहेका छन । 


देशभर दबूको २५ वटा शाखा रहेका छन ।  चितवन र भक्तपुर जिल्ला शाखाको अधिवेशन पनि सकिएको छ भने भाद्र १४ गते काभ्रे शाखाको हुँदैछ । 


दबूको केन्द्रीय महाधिवेशन भने कात्तिक ३० गते हुने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex