काठमाडौं । सिल्क एयरलाइन्सको उडान दलमाथि अभ्रद व्यवहार गरेको आरोपमा एनआरएन अध्यक्ष भवन भट्ट विमानबाट निकालिएको खवर छ ।
मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेपछि भट्टसँगै रहेका संचारकर्मी सनत न्यौपानेलाई पनि सिल्क एयरले विमानबाट उतारेको हो ।
शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके (४१३कल साइन एमआइ४१३) विमानमा उनीहरुले अभद्र व्यवहार गरेको खबर सञ्चारमाध्यमहरुमा उल्लेख छ ।
मदिरा सेवन गरेर होहल्ला गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट उनीहरुलाई निकालेको थियो ।
उनीहरूले सो विमानका कर्मचारीका अलावा विमानस्थल कर्मचारी एवम् ड्युटीमा रहेका प्रहरीहरूलाई समेत अभद्र व्यवहार गरेको प्रहरीको दाबी छ ।
Categorized in समाज