काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाल भाषा पाठ्यक्रम निर्माणको लागि समिति गठन गरेको छ ।
बुधवार महानगर प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा महानगर शिक्षा अधिकारी निर्मला केसीको अध्यक्षमा स्थानीय भाषा पाठ्यक्रम निर्माण समिति गठन गरिएको छ ।
समितिमा प्रा डा चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्यसचिव मोतिराज खनाल रहेको महानगरपालिकाले जनाएको छ । नेपाल भाषा ऐच्छिक विषयका रुपमा रहनेछ ।
त्यसैगरी बैठकले नेपाली तथा अङ्ग्रेजी भाषाका लागि पनि समिति गठन गरेको महानगर शिक्षा अधिकारी निर्मला केसीले जानकारी दिए ।
कक्षा १ देखि ८ सम्मको नेपाल भाषाको पाठ्यक्रमका निर्माण गरिने छ ।
शिक्षा अधिकारी केसीका अनुसार आगामी शैक्षिकसत्र २०७६ बाट महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा उक्त स्थानीय पाठ्यक्रम लागू गर्ने गरी तयार गरिएको छ ।
पाठ्यक्रममा काठमाडौँको पेशा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिनेछ ।
पाठ्यक्रममा काठमाडौँ महानगरपालिकाभित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समटिने केसीले जानकारी दिए । महानगरपालिकाभित्र सामुदायिक र संस्थागत गरी ७५० विद्यालय रहेका छन ।
Categorized in स्थानिय