२ भाद्र २०८३, मंगलबार
Header

नयाँ बसपार्कको गेष्ट हाउसमा एक जोडी मृत भेटिए


प्रकाशित: बुधवार, ४ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक जोडी महिला र पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार महिला मकवानपुरकी ३० बर्षिया सविता भनिने सविना बजगाई र पुरुष चितवनका ३७ बर्षिय यमबहादुर मृत अवस्थामा भेटिएको हो । 


उनीहरु दुबैको शव बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा भेटिएको प्रहरीले बताए । 


महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।  मृत महिला बजगाईको शब कट्टु मात्र लगाएको अवस्थामा खाटको तलपट्टी र युवकको खाटमाथि भेटिएको प्रहरीको भनाई छ । 


राति होटलमा बसेका उनीहरुलाई विहान खान खान बोलाउँदा ढोका नखोलेपछि दिउँसो १ बजे प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए ।


कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन । उनीहरुको मृत्युको कारण खोज्न अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 


घटनास्थलमा फरेन्सिक विज्ञको टोली खटाइएको छ । 


मृतक महिलाका श्रीमान वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेको बुझिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex