३ भाद्र २०८३, बुधबार
Header

भक्तपुरको लोकन्थलीमा एक्कासी गयो सुख्खा पहिरो, ४ घर जोखिममा


प्रकाशित: मंगलवार, ३ भाद्र २०७६, ११ः४० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरको लोकन्थलीमा मंगलवार विहान एक्कासी गयो सुख्खा पहिरो गएको छ । 


अरनिको राजमार्गदेखि २०० मिटरजति भित्र पहिरो खसेपछि सडक भत्किनुका साथै सो क्षेत्रका ४ वटा घर जोखिममा रहेको प्रहरी अधिकारीहरुले जनाएका छन । 


सोमवार रातीको बर्षाले सुख्खा पहिरो गएको हो । सो क्षेत्रको आवागनमा अवरोध पुगेको छ । 


पहिरोबाट सन्तोष तामाङ, भरत पौडेल, कृष्ण थापा र प्रेम लामाका घर पहिरोले जोखिममा परेको प्रहरीले बताए । 


घटनास्थलमा अहिले नेपाली सेना र प्रहरीको टोली परिचालन गरिएको छ भने स्थानीयविच जोखिमयुक्त घरलाई के गर्ने भन्नेबारे समन्वय भईरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex