काठमाडौं । उपत्यकामा ट्राफिक नियम उल्लघंन गर्नेलाई सिसि क्यामेराको सहयोगमा आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सवारीसाधनका चालकलाई सिसि क्यामरा फुटेजको आधारमा सम्पर्कमा ल्याई कारवाही गरेको हो ।
महाशाखाका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुमबाट सडकमा खटिएको टोलीमार्फत पाँच हजार ३१४, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सिसि क्यामरा फुटेजको आधारमा एक हजार ९९७ र सर्भिलेन्स भेइकल र अन्य क्यामरामार्फत एक हजार ६९ चालकलाई कारवाही गरेको हो ।
ट्राफिक नियम उलङ्घनका घटनासँगै महाशाखाले विसं २०७४ माघ २५ देखि सिसि क्यामराको प्रयोगमार्फत सवारीसाधनका चालकलाई कारवाही गर्दै आएको हो ।
Categorized in समाज