१२ भाद्र २०८३, शुक्रबार
Header

३३ केजी सुन तस्करी प्रकरणमा फरार एसएसपी श्याम खत्रीविरुद्ध रेड नोटिस जारी गर्ने तयारी


प्रकाशित: आईतबार, १३ जेठ २०७५, २२ः०० बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । सनम शाक्य हत्यासँग जोडिएको ३३ केजी सुन तस्करी प्रकरणम फरार रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीविरुद्ध नेपाल प्रहरीले अन्तर्रा्ष्ट्रिय प्रहरी संगठनमा रेड नोटिस जारी गर्ने तयारी गरेको छ ।


पक्राउ परेका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ ले अदालतमा दिएको बयान अुसार एसएसपी खत्री तस्करीको सुन एयरपोर्टबाट बाहिर निकाल्न सेटिङ मिलाउने मुख्य सुत्रधार भएको बताएको छ ।

 
सेटिंग मिलाएबापत एसएसपी खत्रीले प्रतिकिलो ५० हजार लिने गरेको ‘गोरे’ ले अदालतमा बयान दिएको छ । 


गोरेले दिएको बयान अनुसार फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेको  र ती सबै दुबईबाट भरिया मार्फत झोलामा आएको सुन प्रहरीको हाकिमको कोठमा पुग्थ्यो ।

 
यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका एसएसपी खत्रीलाई अदालतले सफाइ दिएको थियो ।


जिल्ला अदालत, मोरङमा जारी बयानमा ‘गोरे’ले सुन तस्करी प्रकरणमा प्रहरीका उच्च अधिकारीका साथै ठुला नेताहरुको संग्लनता हुन सक्ने बताएपनि नेताहरुको बारे बोलेका छैनन् । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex