३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आफैं १६ लाख लुकाएर लुटिएको झुठो खवरले प्रहरी दिनभर तनावमा !


प्रकाशित: आईतबार, १ भाद्र २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । न्यूरोडबाट दिउँसो १६ लाख लुटिएको खवरले महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रहरी दिनभरी तनावमा देखिए ।


प्रहरी कन्ट्रोल १०० मा न्यूरोडबाट दिउँसै १६ लाख लुटिएको खवरसँगै प्रहरी अलर्ट भएर लुटेराको खोजीमा लागे तर हात लाग्यो शून्य भएपछि खवर गर्नेलाई प्रहरीले अनुसन्धामा ल्यायो । 


अनुसन्धानपछि थाहा भयो खवर गर्नेले नै १६ लाख लुकाएर झूठो खवर दिएको पत्ता लाग्यो । 


प्रहरीलाई भूmठो सुचना दिने भारतको नवाफगञ्जका २२ वर्षीय मनिषकुमार शाह भएको खुल्यो । न्यूरोडका व्यापारी दीपककुमार गोयलको गोयल एजेन्सीमा पैसा संकलन गर्ने शाहले ग्लोबल आईएमई बैंकमा पैसा राख्न जाँदा कालो रङको पल्सर मोटरसाइकलमा आएका व्यक्तिले लुटेको झुठो खबर प्रहरीलाई दिएको थियो । 


प्रहरीले पछि शाहलाई नै अनुसन्धानमा ल्याएर खोजविन गरेपछि सिसी टिभी फुटेज नियाल्दा शाहले भनेजस्तो कुनै व्यक्ति पनि नआएको र पैसा पनि नलुटिएको पोल खुल्यो । 


त्यसपछि प्रहरीले शाह बस्ने डल्लुस्थित कोठमा गएर खोजविन गर्दा टिभी पछाडी पैसा लुकाएर झुठो खवर फैलाएको रहेको छ । 


उनले प्रहरीलाई पैसाको प्रभोलनमा परेर आफूले त्यसो गरेको बयान दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex