काठमाडौ । पत्रकार शालिकराम पुडासैनीलाई न्याय माग्दै चितवनमा युवाहरुले शनिवार प्रर्दशन गरेका छन ।
आज विहान चितवनको चौबिसकोठीमा युवाहरुले पत्रकार पुडासैनीको आत्महत्या प्रकरणको निष्पक्ष छानविनको माग गर्दै प्रदर्शन गरिएको हो ।
पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन शुक्रवार चिवतनमा प्रर्दशन गरेका थिए ।
आज प्रदर्शनमा चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन ।
प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका छन ।
प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
Categorized in राष्ट्रिय