३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ललितपुर प्रहरी प्रभागमा नेवाः डेस्क स्थापना गर्न माग


प्रकाशित: विहिवार, ३० साउन २०७६, २०ः०० बजे
- महानगरखवर

ललितपुर । प्रहरी प्रशासनले स्थानीय जनताको भाषिक, सांस्कृतिक संवेदनशीलता बुझेर अघि बढ्नुपर्नेमा सम्बद्ध पक्षले जोड दिएका छन् ।


समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी प्रभाग मंगलबजार ललितपुरले बुधबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनीहरुले सो कुरामा जोड दिएका हुन् । प्रभागको प्रमुखको रुपमा सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक चञ्चला श्रेष्ठको परिचयसंगै स्थानीयको चाहना र भावना बुझ्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।


सो अवसरमा ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले नेपाली भाषा नबुझ्ने सेवाग्राहीहरुको लागि प्र्रभागमा नेपाल भाषा डेस्क राख्न सके प्रहरी प्रशासनप्रतिको समुदायको अपनत्व बढ्ने विश्वास व्यक्त गर्नुभयो ।


नेपाल राष्ट्रिय खड्गी समाज ललितपुर जिल्लाका अध्यक्ष अरोजकुमार खड्गीले प्रभागको कार्यक्षेत्रको स्थानबाटै वर्षेनी थुप्रै संस्कृति, सम्पदा, जात्रा पर्व सञ्चालन हुने भएकोले त्यसको महत्व र प्रकृतिलाई बुझेर ‘पुलिसिङ’ गर्नुपर्ने बताउनुभयो ।


सोही कार्यक्रममा स्यःस्यः समाजका अध्यक्ष हरिहरमंगल जोशीले स्थानीय जनताको भावना बुझेर नै प्रहरी प्रशासनले सहज तरिकाले काम गर्न सक्ने भन्दै प्रहरी प्रशासनप्रति अपनत्व बढाउनुपर्ने खा“चो व्यक्त गर्नुभयो । बौद्ध विहार संघका अध्यक्ष नानीकाजी शाक्यले प्रहरी र  समुदाय साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन सक्दो पहल गर्ने बताउनुभयो ।


नकबही टोल सुधार समितिका अध्यक्ष किरणनरसिंह शाक्यले समुदायको तृण मुल (ग्रास रुट) मा गएर समुदाय प्रहरी साझेदारी अभियान सञ्चालन गर्न सके प्रहरी प्रशासनप्रतिको अपनत्व वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले सम्पदाको सुरक्षामा प्रहरीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


समुदाय प्रहरी साझेदारीमा लामो समयदेखि सक्रिय हुनुभएका हसिना शाक्यले महिलामाथि हुने घरेलु ंिहसा, महिलाले भोग्नुपरिरहेका विभिन्न समस्या समाधानका लागि प्रहरीप्रशासन र महिला समूहबीच अन्र्तक्रियालाई निरन्तरता दिन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


बौद्ध युवा कमिटी ललितपुरका पूर्वअध्यक्ष सुनील महर्जनले सुरक्षा भनेको मानिसले अनुभूर्ति गर्ने विषय रहेको उल्लेख गर्दै प्रहरी प्रशासनप्रतिको अपनत्व, विश्वासले सुरक्षाको अनुभूर्तिमा सघाउने धारणा राख्नुभयो । उहा“ले समुदाय प्रहरी साझेदारी अभियान प्रहरी प्रशासनमा पहु“च नभएका,राज्यबाट वहिष्करणमा पारिएका समुदायको लागि झन् महत्वपूर्ण रहेको उल्लेख गर्दै महिला समूह, युवावर्गमाझ अन्र्तक्रिया कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।


सो अवसरमा मंगल टोल सुधार समितिका उपाध्यक्ष ज्ञानबहादुर श्रेष्ठले पर्यटकहरुलाई जबरजस्ती सामान किन्न लगाउनेलाई नियन्त्रण गर्नुपर्ने, पूर्णचण्डी टोल सुधार समितिका अध्यक्ष अशोक श्रेष्ठले चोरीको समस्या बारे जानकारी दिनुभयो । 


स्थानीयको धारणा, जिज्ञासालाई सम्बोधन गर्र्दै प्रहरी निरीक्षक श्रेष्ठले समुदायसंग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शान्तिसुरक्षा, अपराध अनुसन्धानमा जनताको साथ बिना प्रहरीले मात्र प्रभावकारी तरिकाले काम गर्न नसक्ने विचार व्यक्त गर्नुभयो । ‘यहा“को संवेदनशीलता, मनोविज्ञानलाई बुझेर प्रहरी प्रशासनप्रति जनताको अपनत्वलाई बढाउने छु ।’ प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex