काठमाडौं । नवलपरासीको अरुणखोलमा एक मालबाहक ट्रक ठोक्किएर पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
बुधबार बिहान ४ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किएपछि पुलनै भाँिच्एको छ ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुन पुगेको छ । ट्रकको ठक्करबाट पुल करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था छ ।
ट्रकसमेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको प्रहरीले बताएका छन ।
अहिले सो क्षेत्रमा प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारे पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ ।
प्रहरीले यातायातको साधानलाई बैकिल्पक बाटो प्रयोग गर्न सुझाएका छन । बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ ।
Categorized in समाज