काठमाडौं । वैदेशिक रोजगार विभागले सिनामंगलस्थित एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीमा छापा मारेको छ ।
विभागले म्यानपावर व्यवसायी सुजितकुमार श्रेष्ठले चलाइरहेको एजुकेसन कन्सल्टेन्सीमा म्यानपावरबाट छलेर कामदार पठाउन खोजेको आरोपमा छापा मारेको विभागले जनाएको छ ।
विभागको प्रारम्भिक अनुसन्धानमा यस्तो कार्य देखेपछि छापा मारेको हो । विभागका अनुसार कन्सल्टेन्सीले कामदार भिसामा पनि कन्सल्टेन्सीबाटै प्रक्रिया मिलाएर विभिन्न देश पठाउने गरेको छ ।
नेपालको विद्यमान कानूनअनुसार म्यानपावरले मात्रै वैदेशिक रोजगारीमा पठाउने काम गर्न पाउँछन । सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागि विज्ञापन गरी गरेको थियो ।
अवैध वैदेशिक रोजगार सम्वन्धी कार्य गरिरहेको भन्ने उजुरीको आधारमा विभागवाट खटिएको टोलीले गौशला प्रहरीको सहयोगमा छापा मारेको थियो ।
बिभागले सो कार्यलयबाट साइप्रस देशमा वैदेशिक रोजगारमा जानको लागि अवेदन दिएकाहरुको आवेदन फाइल तथा व्यक्तिहरुको राहदानीको स्क्यान कपी, कामदार भिसा र युरोपका विभिन्न मुलुकमा कामदार भिसामा पठाएका व्यक्तिहरुको विवरण समेत अनुगमन टोलीले फेला पारेको छ ।
Categorized in समाज