काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार बेलुकी आगलागी भएको छ ।
शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा विद्युत चुहावट भएर आगालागी भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले जानकारी दिए ।
आगलागी अहिले नियन्त्रणमा आइसकेको छ र आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताए ।
आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज