१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सरकारद्धारा रेडक्रसको दर्ता खारेजीको चेतावनी


प्रकाशित: सोमबार, २७ साउन २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल सरकारद्वारा नेपाल रेडक्रस सोसाईटीको दर्ता खारेजीको चेतावनी दिएको छ ।

 
भ्रष्टाचार र अनियमितताका छानविनको चरणमा रहेको रेडक्रसले मंगलवार साधारणसभा राखिएपछि सरकारले संस्था नै विघटनको चेतावनी दिएको हो ।


भ्रष्टचारको चरम विवादमा फसेको सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटी दर्ता खारेजी हुने अवस्थामा आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नेपाल रेडक्रस सोसाइटीको नेतृत्वलाई २४ घण्टे स्पष्टीकरण सोध्दै दर्ता खारेजी वा निलम्बनको कारबाही किन नगर्ने भनेको छ ।


अहिलेको कार्य समितिको वैधानिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।  


जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार रेडक्रस सोसाइटीलाई मंगलवार अर्को आदेश नआएसम्म निर्धारित साधारणसभा स्थागित गर्न निर्देशनसमेत दिएको छ । 


सञ्जीव थापा नेतृत्वको विवादस्पद कार्य समितिले गुपचुप रुपमा साउन २८ गते बनेपामा साधारणसभा बोलाएको थियो ।


केही समयअघि जिल्ला प्रशासन कार्यालयले रेडक्रसको सञ्जीव थापा नेतृत्वको कार्य समिति भंग गरी अन्तरिम नेतृत्व चयन गरेको थियो । 


५७ वर्षअघि स्थापना भएको नेपाल रेडक्रस सोसाइटीको हालको नेतृत्व चरम भ्रष्टाचार र अनियमिततामा डुबेको भन्दै सरकारले छानबिन गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex