काठमाडौं । नेपाल राष्ट्र बैंकको बाणिज्य बैंकका संचालक अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिईओ) को उमेर हद नीति विरुद्ध प्राइम बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर सर्बाेच्च अदालत पुगेका छन ।
सोमबार बैंकले प्रमुख कार्यकारी ६५ बर्षभन्दा बढिको हुन नहुने र यदि निर्देशन जारीअघि नियुक्त भए ६९ बर्षपछि जागिर जाने निति ल्याएको थियो ।
यो नीतिका कारण मानन्धरको जागिर गएपछि उनी सर्वोच्च पुगेका हुन । मानन्धरको ठाउँमा बैंकले निमित्तको जिम्मेबारी सञ्जिब मान्धरलाई दिइसकेको छ ।
उनले सर्वोच्चमा पेश गरेको मुद्दामा केन्द्रीय बैंकलाई विपक्षी बनाएको छ । उमेर हदका कारण जागिर जान नहुने भन्दै मानन्धरले सर्वोच्चमा मुद्दा दायर गरेको हो ।
Categorized in बैंक