३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

त्रिशुली बस दुर्घट्ना अपडेडः मृतक ३ जनाको पहिचान


प्रकाशित: शुक्रवार, २४ साउन २०७६, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवाबाट शुक्रवार विहान काठमाडौं आउँदै गरेको यात्रु बहाक वस त्रिशुलीमा खस्दा मृत्यु भएकाहरुको पहिचान खुलेको छ । 


मृतकहरु सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ ।


४५ यात्रु बोकोको ना६ख ७४६९ सृष्टि डिलक्स धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खसेको थियो । 


बसमा रहेका अन्य यात्रुहरुको जिवितै उद्धार गरिएको छ । 


बसमा सवार हुनेहरुमा अवस्था बुझ्ना यतिखेर मलङ्गवा–९ स्थित रहेको सृष्टी बस काउण्टरमा अहिले बसमा सवार यात्रीको आफन्तहरुको भीड लागेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex