काठमाडौं । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले बर्षा सकिए लगत्तै महानगरले आफ्नो कामको गति बढाउने बताएका छन ।
विहिवार मातृभूमि महिला समाजले आयोजना गरेको ‘काठमाडौँ महानगरपालिका जनप्रतिनिधिहरु त्था संघीय राज्य व्यवस्था’ नामक पुस्तक विमचोन कार्यक्रममा मेयर शाक्यले महानगरवासीको अपेक्षा अनुरुप नै काम गर्ने कुरामा जोड दिए ।
मेयर शाक्यले महानगरको टिम महानगरको विकास कसरी गर्न सकिन्छ भनेर दिनरात खटिरहेको बताउँदै चाँडै महानगरवासीले यसको परिणाम देख्ने विश्वास ब्यक्त गरे ।
महानगरको बजेट पारित भईसकेकोल अब द्रत गतिमा काम बढाईने र विषेश गरी सम्पदा पुननिर्माण, संरक्षण विकासमा महानगरको ध्यान हुने प्रमुख शाक्यले बताए ।
‘सम्पदाको पुर्ननिर्माण गर्ने, हरियाली प्रर्वद्धन गर्ने कुरालाई पनि प्राथमिकतामा राखेका छौँ,’ उनले भने ।
मेयर शाक्यले पछिल्ला तथ्याङ्क अनुसार काठमाडौँका मतदाताको जनसंख्या २ लाख ७५ हजारको हाराहारीमा छ तर अहिले काठमाडौँ महानगरपालिकाको सेवाग्राहीको सङ्ख्या ४० लाखको हाराहारीमा रहेको र ती सबैलाई हामीले सेवा दिनु पर्ने बाध्यता छ । त्यसकारण पनि हामीले सोचे अनुसारको सेवा दिन नसकेको बताए ।
काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकासँग पनि सहकार्य गरेर अघि बढेको दाबी पनि गरेका छन ।
Categorized in स्थानिय