काठमाडौं । उपत्यकामा यात्रुलाई सवारी सेवा दिने उदेश्यले स्थापित राईड सेयर कम्पनी पठाओले शुक्रवारदेखि टयाक्सी सेवा दिने भएको छ ।
दोस्रो प्रोजेक्टको पठाओले ट्याक्सी सेवा सुरू गर्न लागिएको पठाओका रिजनल डाइरेक्टर अशिममान सिंह बस्न्यातले बताए ।
यस अघि दुई पांग्रे सवारी साधानबाट सेवा दिन खोजेपनि सफलता हात नलागेपछि टयाक्सी सेवा दिन लागिएको हो ।
रिजनल डाइरेक्टर बस्न्यातका अनुसार सामाजि सञ्जालमा ग्राहकसँग भएको सुझावका आधार टयाक्सी सेवा दिन खोजिएको हो ।
पठाओको एपमा गएर टयाक्सी विकल्प छानेर यो सेवाको सुरु गर्न सकिने सिंहले जानकारी दिए ।
सेवाको लागि जुनसुकै स्थानमा पनि बोलाउन सकिने भएकोले सेवा शुक्ल १ सय लाग्ने तथा भाडा सरकारले तोकेबमोजिम हुनेछ ।
बस्नयातले पठाओमा आवद्ध हुन चाहने ट्याक्सीले आफ्नो डकुमेन्ट बुझाएर सामान्य ट्रेनिङ लिनुपर्ने बताए ।
Categorized in बजार