४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

महानगरले ‘रिचार्ज काठामडौं’ को योजना अघि बढाउँदै


प्रकाशित: मंगलवार, २१ साउन २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरले ‘रिचार्ज काठमाडौं’ को योजना अघि बढाएको छ । 


महानगरको वातावरण व्यवस्थापन बिभागले सरकारी कार्यालय र कर्मचारीका घरबाट शुरु गर्ने योजना बनाएको विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताएको छ । 


यस योजनामा भूमिगत पानीको सतह सन्तुलनका लागि आकाशे पानी संकलन गर्ने र जमिनमुनि पठाउने गरिन्छ । कार्यक्रमको शुरुवात्मा पानी बटुलेर जमिनमुनि पठाउने तयारी भएको श्रेष्ठले जानकारी दिए । 


गुथिले सोमबार आयोजना गरेको ‘आकाशे पानी संकलन र पुनभरण सम्बन्धि’ आधारभूत तालिममा ‘रिचार्ज काठामडौं’ को योजनाबारे छलफल गरिएको छ । 


सो कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले पहिले पहिले घर कम थिए, बर्षात्को पानी आफैं पनि जमिनमुनि जान्थ्यो अहिले उपत्यकाको धेरै जमिन घरले ढाक्यो । त्यसैले योजना बनाएरै पानी जमिनमुनि पठाउनुपर्छ  नत्र संकट आइलाग्ने बताए । 


गुथिका प्राबिधिक सल्लाहकारका अनुसार यस योजनामा नगरपालिकाले नक्सा पासमा दिएको छुट रकमले जडान खर्च पुग्छ । जडान महङ्गो छैन । आकाशबाट पानी परेका बेला पहिलो पानी बग्न दिएर बाँकी पानी संकलन गर्ने हो ।


यस योजना सफल बनाउने आधारहरु धेरै रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन । उनीहरुका अनुसार गएका बर्षहरुमा प्रतिमिनेट १ हजार लिटर पानी उत्पादन गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का ट््युबेलहरुमा अहिले प्रतिमिनेट ७०० लिटर पानी प्राप्त हुनुले पनि अवस्थालाई देखाउँछ । 


त्यस्तै ढुङ्गेधारा र इनारमा पानी नआउनुले पनि बिषयलाई पुष्टि गर्छ । अर्कोतिर पानी परेका बेला उपत्यकाका धेरै ठाउँहरु डुवानमा पर्ने गरेका छन । यो क्रममा बर्षैपिच्छे बृद्धि छ । 


काठमाडौं महानगरको करीब ८३ प्रतिशत जमिन घर वा कुनै न कुनै प्रकारको संरचनाले ढोकेको अनुमान छ । यस कारण पनि आकाशबाट परेको पानीलाई संकलन गरेर सहरी व्यवस्थापन एवं प्राकृतिक सन्तुलनमा काम गर्नु पर्ने देखिन्छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika