काठमाडौं । सत्तारुढ दल नेकपाले धुम्वाराहीस्थित सरकारी जग्गामा सञ्चलान गरेको केन्द्रिय पार्टी कार्यलय कानुनत नियम विपरित देखिएको छ ।
सरकारले भोगाधिकार दिएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको धुम्वाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा पार्टी कार्यलय सञ्चालन भईरहेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
प्रमुख सत्तारूढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति’ उल्लंघन गरेर केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको समाचार उल्लेख छ ।
कानुनत सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन । जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१’ अनुसार भोगाधिकार प्राप्त संस्थाले तेस्रो पक्षलाई सरकारी जग्गा दिए तत्काल जफत हुन सक्ने प्रावधान छ ।
नेकपा पार्टी महासविचले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक २ लाख २५ हजार रुपैयाँ भाडा पार्टी कार्यलय सञ्चालन गरिरहको बताएको छ ।
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार प्रतिष्ठान सञ्चालनका लागि २०६३ मंसिर २१ गते सरकारी स्वामित्वको उक्त जग्गा भोगाधिकारका लागि दिइएको थियो ।
२०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि तत्कालीन एमालेको बल्खुस्थित पार्टी कार्यालय भवनमा क्षति पुगेपछि एमालेले केन्द्रीय कार्यालय धुम्बाराहीमा सारेको हो ।
Categorized in राष्ट्रिय