काठमाडौं । सोमबार सुनको मूल्यमा एकै चोटी १५०० सय बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ भने ेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ ।
आइबतार ६६ हजार ३ सयमा कारोबार भएको सुनमा एकै चोटी १ हजार ५ सय मुल्य बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
गत शुक्रबार पनि सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
बज्राचार्यका अनुसार अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित हो ।
मूल्यबृद्धि सँगै पुरानासुन बिक्री गर्ने ग्राहक बढेका छन भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसयीहरुको बताए ।
Categorized in सौन्दर्य