३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंबाट २ नक्कली सिआईबी प्रहरी पक्राउ


प्रकाशित: सोमबार, २० साउन २०७६, १२ः५० बजे 
- महानगरखवर

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले २ जना नक्कली सिआईबी प्रहरी पक्राउ गरेको छ । 


केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्तिलाई काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडिबाट पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङलाई पक्राउ गरेको हो । 


वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले कास्कीको पोखरा घर भई हाल काठमाडौँ बस्ने ईश्वर घतानेको साथबाट एकथान मोबाइल र रु छ हजार लुटेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए । 


सिसीटिभीको सहायताले सादा पोशाकमा गएको प्रहरीले तामाङद्वयलाई पक्राउ गरेको हो । 


पक्राउ परेकासँग चार थान मोबाइल र एउटा स्कुटर बरामद गरिएको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex