काठमाडौं । दक्षिणकाली फर्पिङमा शनिवार स्व. सत्तल सिंह सुवालको स्मृतिमा संचालन गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
ऊँ अध्याय बहुउद्देश्यीय सहकारी संस्था र बुद्धमाई सेन्टर टेकुको अयोजनामा सहकारी संस्थाका संस्थापक सुवालको स्मृतिमा फर्पिङको झम्केश्वरी डवलीमा संचालन गरिएको सो स्वास्थ्य शिविर भव्य रुपमा सफल भएको आयोजकले बताएको छ ।
सो बृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी १ सय ५० जनाले भिडियो एक्सरे, ईसिजी, ईको, औषधी वितरण लागयतको स्वास्थ्य सेवाहरु लिएका थिए । शिविरमा ५ सय २ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
स्वास्थ्य शिविरमा १० जना चिकित्सकहरुले सहभागीहरुलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
दक्षिणकाली नगरपालिका वडा नं ६ को विशेष संयोजनमा संचालन भएको सो कार्यक्रममा दक्षिणकाली ब्रदर्श, माता दक्षिणकाली छापाखाना, सहारा क्याटरिङ, दक्षिणकाली पार्टी प्यालेस, मनमोहन स्मृति सामुदायिक अस्पताल, शिखरापुर क्याम्पस, फर्पिङ मा.वि. लगायत विभिन्न संघ, संस्थाका प्रतिनिधीहरुको विशेष सहयोग रहेको थियो ।
कार्यक्रमको अन्त्यमा सहकारी संस्थाका अध्यक्ष ओमनाथ श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने माहानुभावहरु, संघ–संस्था प्रतिनिधीहरु, चिकित्सक लगायत सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दे सामाजिक कार्यलाई निरन्तरता दिने बताए ।
Categorized in समाज