१२ भाद्र २०८३, शुक्रबार
Header

प्रधानमन्त्रीको जवाफ पखाईमा कांग्रेस र मधेशवादी दल


प्रकाशित: आईतबार, १३ जेठ २०७५, १०ः३५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बिषयमा उठेको प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

 
नेपाली कांग्रेसले नीति तथा कार्यक्रम भन्दा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख र अध्यक्षलाई आदरर्थाी शव्द सम्बोधन नगरेको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने भएको छ ।

 
राष्ट्रपति भण्डारीले सम्बोधनको त्रममा ‘सभामुख महोदय’ र ‘अध्यक्षज्यू ’ ले शव्दले सम्बोधन नगरीकन सभामुख र अध्यक्ष भनी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

 
त्यसैगरी मधेशवादी दलले भने नीति तथा कार्यक्रममा संविधान संसोधनको कुरा नआएकोले यसबारे प्रधानमन्त्री ओलीसँग जवाफ माग्ने भएको छ ।

 
प्रधानमन्त्रीले आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने छ । नीति तथा कार्यक्रममाथि बिभिन्न ६ वटा संशोधन पेश भएका छन् ।


संसदमा सरकारको पक्षमा सुबिधाजनक बहुमत रहेकाले ती संशोधन पास हुने सम्भावना छैन । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले सोही कार्यक्रम कार्यन्वयनका लागि जेठ १५ गते बजेट पेश गर्दैछ ।


प्रधानमन्त्रीको सम्बोधनको लागि विहान ११ बजे प्रतिनिधिसभाको बैठक र दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बोलाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex