६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

रातो मच्छिन्द्रनाथको मन्दिर पुननिर्माण अलपत्र, बहुमूल्य गरगहना टहरामा


प्रकाशित: विहिवार, १६ साउन २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । उपत्यकाको सबैभन्दा लामो तथा प्रसिद्ध जात्रा रातो मच्छिन्द्रनाथको मन्दिर पुननिर्माण अलपत्र भएको छ । 


पुननिर्माण अन्यौलमा भएपछि मच्छिन्द्रनाथका बहुमूल्य गरगहनाहरु टहरामै राखिएको छ भने अर्को तर्फ मच्छिन्द्रबहाल लथालिंग अवस्थामा रहेको छ । 


मच्छिन्द्रनाथ राख्न ठाउँ नभएपछि मन्दिरको पछाडीको डबलीमा टहरा बनाएर राखिएको छ । श्रीलङ्का सरकारको आर्थिक सहयोगमा पुननिर्माण थालिएको मन्दिरको समेत ३५ प्रतिशतको हाराहारीमा मात्रै काम सकिएको छ । 


पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयका अनुसार बुङ्मतीमा रहेको सो मन्दिर विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेपछि यसको निर्माणको जिम्मेवारी तीन ठेकेदार कम्पनीले पाएका पनि आपसी अनमेलको कारण पुननिर्माण ढिलाई भएको हो ।


सो मन्दिर पुनर्निर्माणको जिम्मेवारी प्रेरा भेगिम, थेगिस र तुलसी कन्सट्रक्शन जेभीले लिएको थियो । ठेकेदार कम्पनीले २ वर्षमा पूरा गर्ने गरी असारमा भ्याटसहित ४ करोड ७४ लाख ४५ हजार १६ रुपैयाँमा ठेक्का पाएको हो ।


२०७५ साल फागुनको पहिलो सातासम्म यी तीन कम्पनीले काम गर्न नसकेपछि फागुन १३ को निर्णयले थेगिसलाई हटाएर प्रेरा र तुलसी कन्सट्रक्शनलाई मन्दिर निर्माणको जिम्मेवारी दिइएको थियो ।


विसं २०७२ माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुङ्मतीबाट मन्दिर पुनर्निर्माणको शुरुआत गरे तापनि हालसम्म यहाँको मन्दिर निर्माणको अवस्था भने अझै अन्योलमा नै रहेको छ । 


शिखर शैलीको यो मन्दिर निर्माणमा ३६ फिट लामो काठको खाँचो पर्छ । 


स्थानीयवासी रामचन्द्र शाक्यले मन्दिरको पुनर्निर्माणमा ढिलाइ हुँदा बुङ्मतीका जनतालाई विभिन्न चाडपर्वमा असर परेको बताए । 


जावलाखेलमा भोटो जात्रा सकिएपछि देवतालाई यही मन्दिरमा राख्ने गरिन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika