काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न गैरसरकारी संघ, संस्थासँग योजना माग गरिरहेको छ ।
महानगरको सेवा तथा विकासमा सहयोगको लागि काठमाडौं कार्यक्षेत्र बनाएर काम गर्ने संस्थाहरुलाई योजना प्रस्ताव माग गरेको महानगरपालिकाले जनाएको छ ।
महानगरभित्र शासन व्यवस्थाको सञ्चार, कानुनी तथा बित्तिय साक्षरता, शुशासन, सीपमुलक तथा क्षमता बिकासका कार्यक्रमसँगै महानगरका सेवा प्रवाहको व्यवस्थापनमा सहयोगको लागि प्रस्ताव माग गरिएको हो ।
बिहीबार काठमाडौंमा आयोजित महानगरभित्रका गैरसरकारी तथा सामाजिक संघ संस्था परिचालन सम्बन्धि अन्तरक्रियामा सहभागी संघ, संस्थाहरुले महानगरसँग कसरी काम गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
महानगरको सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठले गैरसरकारी संघ संस्थाले कार्यपत्र प्रस्तुत गर्दै महानगरसँगको सहकार्यका बिषयमा धारणा राखेको बताए ।
कार्यपत्र प्रस्तुत गर्नेहरुमा इनेबल नेपाल, चाइल्ड सेफ नेपाल, नेपाल बिकास समाज, सहरी गरीबहरुका लागि समाज, महिला एकता समाज, मानवताबाद संस्था नेपाललगायत संघ संस्थाहरु रहेका थिए ।
अन्तरक्रियामा संघसंस्थाहरुले निशुल्क कृतिम थ्रिडि हात निर्माण तथा जडान गर्ने, बालबालिकालाई इन्टरनेटको सुबिधा दिने र जोखिमबाट बचाउने, शिक्षा, वातावरण र सरसफाइमा काम गर्ने, बास अधिकार लगायतका विषयमा सुनाएका थिए ।
सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले आयोगको काम र क्षेत्राधिकारका बिषयमा चर्चा गर्दै आयोगले नीति तथा योजना निर्माण तथा बिकास अनुसन्धान र सुपरीवेक्षणको काम गर्ने बताए ।
महानगरले उपभोक्ता हित संरक्षण, महिला, बालबालिका र जेष्ठ नागरिकको हित प्रवर्धन, अनौपचारिक बस्तीको व्यवस्थापन, सहरी गरीबीलगायतका क्षेत्रमा पनि सहभागिता र साझेदारितामा काम गर्न सक्ने देखिन्छ ।
Categorized in स्थानिय