काठमाडौं । खुलामञ्चमा अबैधानिक सटर बनाएर बेच्ने ठेकेदार मनोज भेटुवालविरुद्ध विदेशी मुद्रा अपचलनको मुद्दा दायर भएको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार भेटवालसहित ४ जनाविरुद्ध विदेशी विनिमय अपचलनको मुद्धा दायर गरेको हो ।
विभागले काठमाडौं जिल्ला अदालतमा भेटुवाल, निशा गुरुङ, राजकुमार बिष्ट र शिव बिष्ट विरुद्ध मुद्धा दायर गर्दै ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँ बराबरको बिगो दावी समेत गरेको छ ।
उनीहरुविरुद्ध दायर गरेको रिटमा ३ वर्ष कैद र बरामद दशी समेत जम्मा गर्नुपर्ने माग गरेको छ ।
काठमाडौं भ्यू टावरका ठेकेदार भेटुवाल आर्थिक अनियमितता विवादित छवीका व्यक्ति हुन ।
भेटुवालको कम्पनी जलेश्वर स्वच्छन्द बिकोइको शंकास्पद कारोबार देखिएको विभागले ४ करोड ६० लाख भन्दा बढी रकम रकम हुण्डी गरी अवैध रुपमा नेपाल भित्र्याएको भेटिएको बताएको छ ।
राष्ट्र बैंकमार्फत प्रक्रिया पुरा नगरी यसरी भित्रयाएको रकम अबैध हुने कानुन छ । उक्त रकम सिंगापुरमा विभिन्न व्यक्तिसँग लगानीका नाममा उठाएर टावरका लागि भित्र्याएको पुष्टी भएको बताएको छ ।
त्यसैगरी, विभागका अनुसार अभियुक्त राजकुमार बिष्ट निशा गुरुङको कर्मचारी भएको र उनीहरुको कम्पनीले आन्तरिक राजश्व कार्यालयमा शून्य कारोबारको हिसाव देखाएपनि विभिन्न समयमा कम्पनीमार्फत नै कारोबार गरेको भेटिएपछि विभागे सो कदम चालेको हो ।
Categorized in समाज