काठमाडौं । ऐतिहासिक सम्पदा असन कोथुननि (घडी घर) बचाउन नयाँ चरणको आन्दोलनको घोषणा गरिने भएको छ ।
असन कोथुननि बचाउ अभियान समितिका अध्यक्ष नमस्ते सायमीले गुठी संस्थानले शान्तिपूर्ण चरणबन्द गरेको आन्दोलनको सुनवाई नगरेपछि नयाँ चरणको आन्दोलन घोषणा गर्ने बताएका छन ।
गुठी संस्थानले कोथुननि भत्काएर व्यापारिक कम्पलेक्स बनाउने निर्णय गरेपछि स्थानीय, सम्पदा अभियान्ता, सरोकारबालाहरु एकजुट भई संघर्ष घोषणा गरेपछि संस्थान पछि हटेको थियो ।
तर गुठी संस्थान व्यपारिक कम्पलेक्स बनाउने निर्णयमा अझै अडिगनै देखिएपछि अब कडा आन्दोलनको घोषणाको तयारीमा रहेको समितिका अध्यक्ष सायमीले बताए ।
समितिले पछिल्लो समय कोथुननि बचाउन तथा ठमेलको छायाँदेवी कम्पलेक्स विरुद्ध उपत्यकाव्यापी हस्ताक्षर अभियान संचालन गरिरहेको छ ।
सो अभियानको समापन तथा आगामी संघर्षको घोषणा कार्यक्रम यही साउन १७ गते शुक्रवार अपरान्ह ४ बजे असनमा बृहत सभाको अयोजना गरिएको छ ।
सो सभालाई सभासदहरु बसन्त मानन्धर, भीमसेनदास प्रधान, रामवीर मानन्धर तथा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले सम्बोधन गर्ने कार्यक्रम रहेको सायमीले जनकारी दिए ।
सायमीले १४ परिवार बसोवास गर्दे आएको ऐतिहासिक कोथुननि एक जिवन्त सम्पदा भएकोले यस विरुद्ध हुने गतिविधिहरु स्थानीयलाई सहय नहुने भएकोले गुठी संस्थान समयै सच्चिनु पर्ने बताए ।
यस अघि पनि असनमा बृहत बिरोध सभाको आयोजना गरिएको थियो ।
Categorized in सम्पदा/संस्कृति