३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

रौतहट र मकवानपुरको वडा कार्यलयमा आगजानी, २ दुई गाडी समेत जलाए


प्रकाशित: बुधवार, १५ साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । अज्ञात समूले नुवाकोट र रौतहटका वडा कार्यलहरुमा आगजानी गरेको छ । 


गएराती अज्ञात समूहले नुवाकोटको ककनी गाउँपालिका–१ को वडा बम विस्फोट गराई आगजानी गरेको छ । आगजनीको कारण उपकरण तथा कागजपत्र जलेका सबै जलेको छ । 


ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाका अनुसार कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको छ । 


यसैविच विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको हो ।


आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन । यी आगजानीको घट्ना भने अहिले सम्म कसैले जिम्मेवरा लिएको छैन । 


विप्लव समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन ।


विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । 


आगजानीको कारण कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको प्रहरीले बताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex