काठमाडौं । बहुचर्चित किम–ट्रम्प बार्ता रद्द गरिएको चर्चासँगै विश्वमा फेरि भयंकर अशान्ती छाउने हो किन भन्ने आशंकाबिच किम–ट्रम्पको वार्ता पुनः हुने भनेपछि टरेको छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमाले बताए अनुसार उत्तर कोरियाली नेता किम जोंग– उन अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पसंग बार्ताको लागि संकल्पबद्ध रहेको छ ।
यस अघि राष्ट्रपति ट्रम्पले विहिबार शत्रुतापूर्ण माहौल भएको भन्दै बार्ता रद्द गरेको घोषणा गरेको थियो । तर उत्तरकोरियाले वार्ताको लागी सद्भावपूर्ण संदेश दिएपछि बार्ताको बातावरण तयार भएको हो ।
शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पले जुन १२ मा तयको बार्तामा कुनै परिवर्तन नभएको जनाएको छ ।
यसैबिच शनिबर अचानक दक्षिण कोरिया के राष्ट्रपति मून जेइ–इन र किम बिच भेटवार्तापछि घण्टौ बार्ता चलेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय