४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

मेयर शाक्यसँग चीन को–को गए ?


प्रकाशित: आईतबार, १२ साउन २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य आईतबार चीन प्रस्थान गरेका छन । 


ल्हासा नगरको निम्तोमा मेयर शाक्य चीन प्रस्थान गरेको महानगरपालिकाले जनाएको छ । मेयर शाक्यको टोलीले उच्च स्तरीय भेटघाटसँगै तिब्बतको पोटाला दरबार, जोखाङ् मन्दिर, सेरा मोनाष्ट्रीलगायतका क्षेत्रको अवलोकन गर्ने भएको छ ।


त्यसैगरी ल्हासास्थित ४,७१८ मिटर उचाइमा रहेको स्थानीय पर्यटकीय गन्तव्य नाम्को तालमा पुगेर पर्यटकीय व्यवस्थापनको अवलोकन गर्ने कार्यक्रम रहेको छ । 


भ्रमण टोलीमा वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा २८ का अध्यक्ष भाइराम खड्गी, कार्यपालिका सदस्यहरु हीरादेवी पोख्रेल, रश्मी खड्का, प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलिया, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका शाखा अधिकृत यम बसेलसको सहभागी हुनेछ ।


मेयर शाक्यको टोली साउन २१ गते मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । 


सो टोलीले ल्हासाको प्राबिधिक शिक्षा, औद्योगिक इन्क्युवेटर अवलोकन गर्ने तथा नगरका अधिकारीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।


टोलीले छेन्दु पुगेर हाइ स्पिड रेलबाट सुछोउ प्रस्थान गर्ने कार्यक्रम पनि छ । त्यहाँ औद्योगिक पार्क र हाइ टेक इन्डष्ट्रियल बिकास क्षेत्र, संग्रहालयलगायतका क्षेत्रको अवलोकन हुनेछ ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika