काठमाडौं । नेपालको टी–२० विश्वकप खेल्ने सपना अधुरो भएको छ । आईतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा अफनो स्थान बनाएको छ ।
नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए भएपछि नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । नेपालले १९२ रनको लक्ष्य पछ्याएको थियो ।
ज्ञानेन्द्र मल्लले २१ बलmमा ३९ रन बनाए । उनी दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो ।
दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे ।
Categorized in मनोरन्जन