३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अज्ञात समूहद्धारा वडा कार्यलयमा आगजानी


प्रकाशित: आईतबार, १२ साउन २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । डोटी जिल्लाको शिखर नगरपालिका वडा नं ७ बैरकोटमा वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेका छन । 


प्रहरीका अनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा उक्त वडा कार्यालयमा आगजनी गर्दा वडा कार्यालयमा भएका फर्निचर, काजगात तथा अन्य सरसामान जलेर नष्ट भएको छ । 


आगजनी किन, कस्ले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । 


आगजनीबाट उक्त वडा कार्यालयका वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडाध्यक्ष नरबहादुर बलायरले बताए । 


यस अघि जिल्लामा उक्त वडा कार्यालयसहित अज्ञात समूहले बडीकेदार, जोरायल गरी तीन स्थानीय तहका वडा कार्यालयमा आगजनी गरिसकेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex