काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबार दिउँसो धरहरा क्षेत्रमा रहेका पसल तथा रेष्टुरेन्टमा डोजर लगाएर हटाएको छ ।
महानगरले धरहरा परिसरमा भाडामा लगाइएका सटर, टहरा तथा रेष्टुरेन्टका भौतिक संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएको थियो । श’क्रबार बसेको नगर बैठकले सो निर्णय गरेको थियो ।
तर सञ्चालकरुले अटेर गरेपछि नगर प्रहरीले हस्तक्षेप गरी हटाएको हो ।
धरहरा पुनर्निर्माणका लागि टेण्डर आहृवान गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २६ वैशाखमा सरोकारवालाको बैठक राखेर त्यस क्षेत्रमा रहेका संरचना १५ दिन भित्र हटाउन भनेको थियो ।
हाल धरहरा क्षेत्रलाई विगत १३ वर्षदेखि साइड वाकर्स ट्रेडर्स प्रालिले व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएको छ ।
Categorized in राष्ट्रिय