काठमाडौं । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरको काममा खाली विरोधमात्र भएको गुनासा गरेका छन ।
शनिवार महानगरको १५ वडा स्थित बिष्णुमती नदी किनारामा रहेको लख तीर्थ पुननिर्माणको शिलान्यास गर्ने क्रममा शाक्यले भने, ‘हामी असल नियतले काम गर्न खोज्छौं, कतै न कतैबाट दोष आइलाग्छ ।’
सम्पदा पुननिर्माणको योजना बनाउँछौं, छलफलका लागि वडामा पठाउँछौं । त्यसबेला कसैबाट केही गुनासो पनि आउँदैन, सुझाव पनि आउँदैन तर ‘जब काम शुरु हुन्छ । तब यहाँ मिलेन । त्यसो भएन भनेर बिरोधका आवाज आउन थाल्छन ।’ मेयर शाक्यको गुनसो रहेको छ ।
महानगरले लखतिर्थ पुननिर्माणको लागि ५० लाख खर्चने योजना बनाएको मेयर शाक्यले जानकारी दिँदै पुननिर्माणको बिस्तृत परियोजना प्रतिवेदन तयार पार्दा यदि लागत बढ्न गए थप जिम्मेवारी लिने बताए ।
सोही कार्यक्रममा महानगर प्रवक्ता एंव १५ वडा अध्यक्ष ईश्वरमान डंगालले पनि महानगरको काममा विरोध मात्र भईरहने कार्यले गर्दा योजनाका कामहरु पुरा गर्न नसकेको बताए ।
त्यसैगरी कार्यक्रममा शिलान्यास समारोहमा पुननिर्माण समितिका संयोजक सुवर्ण डंगाल, पूर्व संसद सदस्य लक्ष्मीदास मानन्धरलगायत बक्ताले लख तीर्थको पुननिर्माण गर्न सके नेपाल मण्डलबासीको शिर उचो हुने धारणा राखेका थिए ।
पुननिर्माणको लागि नेपाल राइजिङ् अमेरिका (गैर आवासीय नेपालीको संस्था, अमेरिकाको सियाटलमा रहेको) ले २५ लाख रुपैयाँ बराबर सहयोग गरेको छ ।
लख तीर्थ शंखधर साख्वासँग सम्बन्धित स्थान हो । यही लख तीर्थबाट उठाएको बालुवामा सुन भेटेपछि सुन बेचेर किसानको ऋण तिरिदिएका थिए भन्ने बिश्वाश छ ।
Categorized in स्थानिय