४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

जवालाखेलको तरकारी बजारमा प्रशासनको डोजर चल्यो


प्रकाशित: शुक्रवार, १० साउन २०७६, २१ः०० बजे
- महानगरखवर

ललितपुर । जवाखेलको तरकरी बजारमा जिल्ला प्रशासन कार्यलयले डोजर चलाएको छ । 


लामो समयदेखि सार्वजनिक जग्गा ओगटेर बसेको ५२ वटा तरकरी पसलको टहरा डोजरले भत्काई दिएका छन ।


स्टाफ कलेज नजिक सडक किनारमा रहेको सो सार्वजनिक जग्गा ओगेटेको र पटक पटक हटाउन सुचना जारी गरेपनि अटेर गरेपछि हटाएको हो । 


तरकारी पसलका कारण अव्यवस्थित पार्किङ, सुरक्षा लगायत समस्याहरु उत्पन्न भएको स्थानीयहरुको गुनासो पनि बढेपछि हटाइएको प्रशासन कार्यलयले बताएको छ । 


करिब २० वर्ष अगाडिदेखि सञ्चालित सो पसलको भाडा जावलाखेल युथ क्लबले उठाउँदै आएको थियो । यस अघि हामीले सात–आठ वर्ष पहिलेदेखि नै हटाउने प्रयास गरिँदै आएको थियो ।  


पछिल्लो प्रशासनले तीन दिनको सयम दिएर पसल खाली गर्न सुचना जारी गरेको थियो तर समान सबै ओसारिए पनि टहरा नहटाएपछि डोजर लगाएर टहरा हटाईएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika