१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

गुठी विधेयकमा संशोधन आवश्यकः प्रमुख शाक्य


प्रकाशित: शुक्रवार, १० साउन २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विवादित गुठी विधेयकमा आवश्यक संशोधन गर्न सकेमात्र गुठी आन्दोलनको औचित्य हुने बताए । 


शुक्रवार राजधानीमा सरोकारवाला गुठीयारहरू बीच अन्तक्र्रिया गरी सर्वसम्मत अवधारणा निर्माण गर्न सहजीकरणको भूमिका खेल्न आफू लगायत काठमाडौं महानगरपालिका पूर्ण रूपमा तयार रहेको बताएका छन । 


प्रमुख शाक्यले उपत्यकाका नेवाः गुठीगानाहरूका पक्षमा आवश्यक संशोधन गर्न सकेमा मात्रै गुठीका लागि भएको आन्दोलनले संस्थागत रूप लिन सक्ने बिचार व्यक्त गरे । 


काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिको आयोजनामा अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथिको स्थानबाट बोल्दै उनले सो कुरा बताएका हुन । 


ज्यापु महागुथि नेपाः येँ महानगर समितिको व्यवस्थापनमा आयोजित कार्यक्रममा प्रमुख शाक्यले काठमाडौं महानगरपालिका स्थानीय जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले नै सञ्चालन गर्ने निकाय भएको र यसको प्रमुख काम भनेकै महानगरभरिका सम्पूर्ण सम्पदा, संस्कृति र गुठीगानाको संरक्षण गर्ने पनि दायित्व महानगरकै भएको बताए । 


कार्यक्रममा ज्यापु महागुथिसँग आवद्ध कानूनविद्हरूले प्रस्तुत गरेका गुठी सम्बन्धी अवधारणाहरू अत्यन्त सकारात्मक भएको बिचार राख्दै प्रमुख शाक्यले अब यो अवधारणालाई अरू जातीय समुदायहरूका बीचमा पनि पु¥याई सर्वसम्मत बनाउन आग्रह गरे । 


प्रमुख शाक्यले भने, ‘सर्वसम्मत अवधारणा तयार गर्न अहिले सहजीकरणको भूमिका खेल्न मात्र महानगरपालिका अगाडि आएको हो । सम्पूर्ण प्रक्रियाको नेतृत्व लिन हामी आएका होइनौँ ।’


कामपा संस्कृति तथा पर्यटन समितिका संयोजक एवं वडा नंं. १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनको अध्यक्षतामा भएको उक्त अन्तक्र्रियामा ज्यापु महागुथिसँग आवद्ध कानूनविद्हरू जुजुकाजी महर्जन, रीना डंगोल, बुद्धरत्न प्रजापति र युद्धमान महर्जनले गुठी विधेयकमा गरिनुपर्ने संशोधनका बारे बिचार राखेका थिए । 


वक्ताहरुले विद्यमान गुठी संस्थान खारेज भइसकेपछि त्यसको सट्टामा जात्रापर्व सञ्चालन गर्न छुट्टै निकाय गठन गरिनुपर्ने र त्यस्तो निकायको काम गुठीलाई नियन्त्रण गर्ने नभई निरीक्षण मात्रै गर्ने हुनुपर्ने बिचार राखे । 


कार्यक्रममा ज्यापु महागुथि केन्द्रीय समितिका अध्यक्ष राजभाई जकःमि र महानगर समितिका कावा अध्यक्ष नानीहेरा महर्जनले पनि मन्तव्य पनि राखे । 


काठमाडौं महानगरपालिकाले गुठी विधेयकका सवालमा अरु पनि विभिन्न समुदाय र समूहसँग अन्तक्र्रिया गर्दै जाने बताइएको छ ।
  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex