३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

जिल्ला अदालत नवलपुरको सरकारी गाडीमा आगजनी


प्रकाशित: शुक्रवार, १० साउन २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । अज्ञात समूहले पूर्वीनवलपरासीको कावासोतीमा गएराति नवलपुर जिल्ला अदालतको गाडीमा आगजनी गरको छ । 


कावासोती ८ स्थित थकाली चोकका अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरेर राखिएका सरकारी गाडी बा २ झ ३५२० नम्बरको गाडी जलाएको हो । 


प्रहरीका अनुसार जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु चढ्दै आएका थिए । आगजनीबाट गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ ।


गाडीमा आगो लागेको प्रहरीले खवर पाएलगत्तै राति नै प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । 


प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex