१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

गोरखाको ओढारमा भेटियो १६ केजी सुन !


प्रकाशित: विहिवार, ९ साउन २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । गोर्खामा लुटिएको भनिएको १६ केजी सुनको पर्दाफास काठमाडौंमा भएको छ । 


गोर्खाका स्थानीय व्यापारी धनकमल गुरुङबाट सुन लुटिएको रहस्यको फर्दाफास भएको हो । बुधवार काठमाडौंमा प्रहरीको टोलीले गुरुङलाई  पक्राउ परेपछि सुन लुटिएको नभई लुकाएको घट्ना सार्वजनिक भएको छ । 


गोरखाको धार्चे गाउँपलिकाका वडा अध्यक्षसँग व्यवसायी गुरुङको एकतर्फी फोन संवादले पैसा लुटिएको घट्ना सुन लुटिएको घट्नामा रुपान्तरित भएको हो । 


असार दोस्रो साता वडा अध्यक्षसँग लुटेराले पैसा लुटेको फोनमा गुरुङले सुनाएका थिए । उनले लुटेराले पैसा लुट्यो आफूलाई कार्वाही हुन्छ कि हुँदैन भनेर वडा अध्यक्षलाई भनेको थिए ।


व्यवासायी धनकमलको फोन सुनेर वडा अध्यक्ष आफै अत्तिए र उनले प्रहरीलाई खवर गर्न भनेका थिए तर उनले फोनको जवाफ नसुनी फोन स्वीच अफ गरेर लुकेर बस्न थाले । 


वडा अध्यक्षले जिल्ला प्रहरी कार्यालय, गोरखामा घटनाबारे खबर गरे । असार ११ गते राति खच्चड लिएर धार्चे गाउँपालिकाको केन्द्र माछाखोलातर्फ झर्दै गर्दा एक समूहले गुरुङमाथि लुटपाट गरेको थियो ।


व्यवसायी गुरुङले प्रहरीलाई दिएको वयान अनुसार सुन लुटिएको नभई लुटेरा समूहबाट जोगाउन ओढारमा लुकाएको रहस्य खुलेको छ । प्रहरीले बुधबार राति उनलाई लिएर धार्चेको जंगलमा पुग्यो, त्यहाँ ओढारभित्र उनले सुन लुकाएका फेला परयो ।


प्रहरीका अनुसार ओढारमा ढुंगामुनि भेटिएको झोलाभित्र सुनका १६ वटा बिस्कुट भेटिएपछि प्रहरी सुनको मालिकको खोजिमा लागेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex