११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

मेगा बैंकले मर्जर नीतिलाई अंगाल्ने


प्रकाशित: बुधवार, ८ साउन २०७६, २०ः२० बजे
- महानगरखवर

काठमाडौं । मेगा बैंक लिमिटेडले राष्ट्र बैंकले घोषणा गरेको बैंक मर्जर नीतिलाई अंगाल्ने बताएका छन ।

 

१० औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले सरकारको मर्जर नीतिलाई आत्मसात गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएको जानकारी दिए । 


राष्ट्र बैंकले आज मौद्रिक नीतिको घोषणा गरेको छ । मर्जरमा जाने बैंकहरुलाई बम्पर सुविधाहरुको प्याकेज पनि उपलव्ध गराउने घोषणा गरेको छ । 


मेगा बैंकले आजको कार्यक्रममा आर्थिक गतिविधिहरु प्रस्तुत गरेका छन । गत आर्थिक वर्षमा निक्षेप सङ्कलन १९ अर्ब वृद्धि भई करिब ८२ अर्ब पुगेको जनाएको छ । 


त्यस्तै गत वर्ष कर्जा प्रवाहमा रु १५ अर्ब ५० करोड वृद्धि भई करिब ७३ अर्ब पुगेको छ । सो अवधिमा ग्राहक संख्यामा झण्डै १ लाख ४६ हजार वृद्धि भई ६ लाख ४३ हजार पुगेको सो बैंकले जनाएको छ । देशभर मेगा बैंकका १०२ वटा शाखा र १९ एक्सटेन्सन काउन्टर छन् । १०२ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्र र २५ सय मेगा रेमिट एजेन्ट रहेका छन ।


मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको उल्लेख गर्दै एक दशकमै मेगा बैंकले समकालीन बैंकहरुको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex