काठमाडौं । लमुजुङमा बुधवार दिउँसो आएको बाढीले ४ जनाको ज्यान गएको प्रहरीले बताएको छ ।
उत्तरी लमजुङको दोर्दी खोलामा आएको बाढीको कारण उनीहरुलाई बगाएर लग्दा मृत्यु भएको र चार जनाको शव समेत फेला परेको प्रहरी अधिकारीहरुले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको सनाखत हनु सकेको छैन । हिमालतिर पहिरो खसेर थुनिएको नदी अचानक फुटेपछि उत्पन्न बाढीमा आयोजनाका कामदारहरू परेका हुन ।
लिबर्टी जलविद्युत आयोजनाका कामदार बाढीमा परेको प्रहरीले बताएका छन । सो बाढीमा परि १५ जना बेपत्ता समेत भएको छ ।
Categorized in समाज