काठमाडौं । राजधानीको अधिकांश सडकमा खाल्डा खुल्डीहरु बढदै जाँदा दुर्घट्नाको जोखिम पनि अधिक देखिन थालेको छ ।
ट्राफिक प्रहरीका अनुसार सडकमा रहेको खाल्डा खुल्डीहरु सम्बन्धीत निकायले समयमै नपुरिँदा दुर्घट्नाको जोखिम बढेको छ ।
विशेष गरी रातीको समयमा सवारी साधानहरु मोटरसाईकल, गाडीहरु खाल्डोमा पर्ने गरेको ट्राफिक प्रहरी अधिकारीहरुले बताएका छन ।
बर्षासँगै राजधानीको सडकको अवस्था नाजुक बन्न थालेको छ । खाल्डाहरु पनि जम्दा खाल्डै नदेखिने समस्या, पैदल यात्रुहरुलाई आवात जावतको उस्तै समस्या देखिएको छ ।
मेलम्चीले सडक पेटी खनेर समयमै नपुरिदा बर्षाले सडक पेटीमा पानी जमेपछि हिड्डुल गर्न नै खतरा हुन थालेको छ ।
अहिले काठमाडौंको चावहिल– बौद्ध–जोरपाटी–साँखुको सडक खण्डको अवस्था हेर्ने हो भने कहालिलाग्दो देखिन्छ । यो बाटो सबैभन्दा खराब रहेको छ ।
यतिमात्र नभएर दक्षिणकाली, साँखु, टोखा, बालाजु, सितापाइला लगायतका नाकाका सडकहरुको अवस्था दयनीय छ । त्यसैगरी राजधानीमा भित्री सडकहरुको अवस्था पनि खराब रहेको छ ।
काठमाडौंको चक्रपथको कलंकी–कोटेश्वर विस्तारित खण्डमासमेत खाल्डा खुल्डी देखिन थालेपछि सवारी दर्घट्ना बढ्न थालेको छ ।
त्यसैगरी सडकको समयमै मर्मत सम्महान नहुँदा ढल फुटेर सडकमा नाला बग्न थालेको छ ।
तर सम्बन्धीत निकायहरुले सडक सुधारमा खासै चासो देखाएको देखिँदैन । उपत्यका सडक निर्माण गर्ने जिम्मा पाएका सडक विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, एकीकृत बाग्मती सभ्यता विकास समिति रहेका छन ।
त्यसैगरी आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं महानगरपालिकाका, ललिलतपुर महानगरपालिकासहित विभिन्न नगरपालिकाहरु हुन तर काम गर्ने सवालमा सबै एक अर्कालाई पर्खेर बसेको देखिन्छ ।
जिम्मेवार निकायहरु सडक विभाग, काठमाडौ महानगरपालिका लगायतले पानी परिरहेको बेला खाल्डा खुल्डी पुर्नुको कुनै अर्थ नहरेको बताउँछन ।
बर्षा सकिएर घाम लागेपछि मात्र खाल्डाहरु पुर्न सकिने महानगरपालिकाले बताएका छन ।
महानगरपालिकाका भौतिक पूर्वाधार विभाग प्रमुख उत्तरकुमार रेग्मीका अनुसार सडक सुधारको लागि बजेट लिएर बसेको र ठेक्का पनि लागेको छ ।
महानगरपालिकाले झण्डै २५ करोड रुपैयाँ सडकको मर्मतमा खर्चिन सक्ने रेग्मीले बताए ।
Categorized in स्थानिय