काठमाडौं । गएराती देखि परेको अविरल बर्षाको कारणले हेटौडाको कर्राखोलामा आएको बाढीले भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ ।
शिवम सिमेन्टको कच्चा पदार्थ पु¥याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएकपनि गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए ।
त्यसैगरी वर्षाको मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध भएको छ भने हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाउँदा पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ ।
यस अघि असारमा आएको बाढीले क्षति पुराएको डाईभर्सन मर्मत सम्माहार गरेर बाटो सञ्चालनमा ल्याएको थियो ।
Categorized in समाज