काठमाडौं । गुल्मीको विभिन्न स्थानमा गएराती देखिको परेको अविरल बर्षाका कारण पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पहिरो गएपछि उनीहरुको घरले परिएको मृत्यु भएको हो । सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको गुल्मी प्रहरीले पुष्टि गरेको छ ।
मृत्यु हुनेहरुमा सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको भने सोही गाउँपालिका वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिक रहेका छन ।
पहिरोले पुरिएर सत्यवती–४ कि १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएका छन । उद्धार तथा राहतका लागि प्रहरी घट्नास्थल गएको प्रहरीले जनाएको छ ।
Categorized in समाज