३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

चिरिबाबुले गाडीको सुविधा त्यागेर विरुवा बचाउन टयांकर किने


प्रकाशित: सोमबार, ६ साउन २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गाडीको सुविधालाई त्यागेर विरुवामा पानी हल्ने २ वटा आधुनिक टयांकर किनेका छन । 


मेयर महर्जनको लागी गाडी किन्न छुटयाएको एक करोड रुपियाँले टयांकर किनेको बताएका छन । उनले विस्तारित चक्रपथमा रोपिएका विरुवा संरक्षणका लागि गाडी किन्ने बजेटले २ वटा ट्यांकर किनेको हो । 


मेयर चिरिबाबुका अनुासर नयाँ रोपिएका विरुवालाई हिउँदमा पानी हाल्न प्रयोजनको लागि टयांकर किनेको बताउँदै विरुवा संरक्षणमा महानगरको दायित्व रहेको जानकारी दिए । 


चक्रपथमा नयाँ रोपिएका २४ सय विरुवामध्ये २ हजार बढी ललितपुर महानगरभित्र रहेकोले विशेष सुविधा युक्त यस टयांकरले अग्ला विरुवामा पानी हाल्न र सडक सफा गर्न पनि सकिने चिरिबाबुले बताए । 


यतिखेर उनी टोयोटाको २० बर्ष पुरानो बा ३ प २३८३ गाडी चढिरहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex