४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम, घरबहाल सम्झौता अनिवार्य 


प्रकाशित: आईतबार, ५ साउन २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आईतबार आर्थिक बर्ष २०७६/०७७ का लागि पारित बजेट सार्वजनिक गरेको छ । 


महानगर प्रवक्ता ईश्वरमान डंगोलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा २४ वटा क्षेत्रमा काम गर्ने गरी नीति तथा कार्यक्रम समेटिएको छ । 


महानगरवासीको जीवनपद्धतीसँग जोडिएको परियोजनालाई विशेष परियोजनाको रुपमा प्रस्तुत गरिएको छ । 


महानगरले पर्यटकीय हबको रुपमा विश्व सम्पदा हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई विकास गर्न विशेष कार्यको थालनी गर्ने बताएको छ । 


महानगरको नीति तथा कार्यक्रममा बालाजु बाईसधारा उद्यानको स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाको सुदृढीकरण गर्ने छ । 


त्यसैगरी महानगरको केन्द्रीय कार्यालय भवन, भर्टिकल स्मार्ट पार्किंङ्, पर्यटन पदमार्ग, फोहरमैलाको दिगो ब्यवस्थापन, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माण, मेघा हल, सहरी यातायात व्यवस्थापन र मोनोरेल सञ्चालनलाई कार्यान्वयनमा ल्याइने छ ।


मौलिक वस्तीमा सम्पदा भवनहरूको संरक्षण तथा निर्माणको लागि निश्चित मापदण्डको आधारमा अनुदान तथा छुट दिने नीति लिएको छ । 


उपत्यका स्थानीय भाषा, रहनसहन, संस्कृति तथा नैतिक शिक्षा दिने उद्देश्य अनुरुप स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।


त्यसैगरी, महानगर ज्येष्ठ नागरिक अस्पताल खोल्न प्रदेश तथा संघीय सरकारसँग समन्वय तथा सहकार्य गरिनेछ । 


सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम को भवन संरचना लगायतका पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्ने महानगरको नीति तथा कार्यक्रमले लिएको छ । 


महानगर क्षेत्रभित्र रहेका मूर्त अमूर्त सम्पदाहरुको ऐतिहासिक, धार्मिक, साँस्कृतिक बिवरण सहितको तथ्याङ्क संकलन तथा डिजिटल अभिलेखिकरण गरिने, महानगरभित्रका विभिन्न धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्वका स्थान तथा सम्पदाहरुको मौलिक नाम खोजी तिनको पुनस्र्थापना गरिन, ऐतिहासिक महत्वका टोल, वस्ती, मठ, मन्दिर, चुक, ननी, बहाःबही, लाछी जस्ता मूर्त, रीतिरिवाज, भाषा, लिपि, संस्कृति, जात्रा परम्परा जस्ता अमूर्त सम्पदाहरूको संरक्षण एवं सम्बद्र्धनको नीति लिएको छ । 


हनुमानढोकादेखि स्वयम्भूसम्मको पुरातात्विक सम्पदा पदमार्गलाई कार्यान्वयनमा लगिनेछ । पशुपतिनाथदेखि–बौद्धस्तुपासम्म हरित सम्पदा मार्ग र अन्य सम्पदा मार्गहरुको विस्तृत अध्ययनको थालनी यसै वर्ष गरिनेछ ।


हाँडीगाउँको लिच्छवीकालिन सभ्यताबारे थप विस्तृत अध्ययन अनुसन्धान गरिनेछ । प्राचीन कोलिग्रामको बुद्धकालीन सभ्यतादेखि मल्लकालसम्मको सभ्यता अध्ययन अनुसन्धान गरी संरक्षण तथा सम्बद्र्धन गरिनेछ ।


सहिद धर्मभक्त माथेमाको सिफलमा, सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको शोभाभगवतीमा पूर्णकदको सालिक प्रतिस्थापन गरिनेछ ।


यसै आर्थिक वर्षभित्र बृहत जनसहभागितामा “काठमाडौं भिजन २१००” तयार गरिनेछ । साथै दिगो एकिकृत विकासको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अनुसरण गरीे टुलकिट, म्यानुअल, मापदण्ड तयार गरी जारी गरिनेछ ।


काठमाण्डौ महानगर क्षेत्रभित्र निर्माण गरिने भौतिक पुर्वाधार सडक, ढल, पेटी, खानेपानी, विद्युत, टेलिफोन आदिको गुणस्तरीयता कायम गर्न, बिभिन्न निकायहरूको बीचमा समन्वय मिलाउन र ब्यवस्थित रुपमा निर्माण कार्य सञ्चालन गर्न “सहरी पूर्वाधार तथा सेवा समन्वय ऐन” जारी गरिनेछ ।


सरकारी, सार्वजनिक तथा पर्ति जग्गाको अतिक्रमण रोकी त्यस्ता जग्गाहरूलाई बालमैत्री उद्यान, योगापार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरु र खुला क्षेत्रहरुको रुपमा विकास गरिनेछ । मेयर उज्यालो कार्यक्रमलाई निरन्तरता दिइनेछ । मुख्य चोकहरुमा हाइमास बत्ती जडान गरिनेछ ।


काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदुषणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकाभित्र छिर्ने नाकाहरूमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक भेहिकल क्लिनिङ् सेन्टर निर्माण गरिनेछ ।


प्रदुषण एवं धुँवा धुलोलाई न्युनीकरण गरी महानगरपालिकालाई ‘नो मास्क सिटी’का रुपमा विकास गर्न अत्याधुनिक बु्रमरहरुको प्रयोगलाई प्रभावकारी बनाई आवश्यकतानुसार संख्या थप गरिनेछ ।


महानगरपालिकाको पाँच क्षेत्रमा दमकल लगायत विपद व्यवस्थापनका लागि चाहिने उपकरणहरुको व्यवस्था मिलाइनेछ । दमकल जान नसक्ने स्थानहरुमा आगलागी भएमा तत्काल आगो नियन्त्रण गर्न फायर हाइड्रेन्टको व्यवस्था गरिनेछ  । 


सहरी सुरक्षा र सेवा वितरणमा प्रभावकारिता हासिल गर्न महानगरपालिकामा अस्थायी बसोबास गर्ने व्यक्तिको समेत लगत आवश्यक देखिएकोले घरधनीले घर वहालमा दिँदा अनिवार्य रुपमा वहाल सम्झौता गरी वहालमा बस्ने व्यक्ति एवं निजको परिवारको विवरण काठमाडौं महानगरपालिका कार्यालयमा पेश गर्नुपर्ने नीतिगत व्यवस्था मिलाइनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika