१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

लोकसेवा विज्ञापनको विरोधमा प्रधानमन्त्री र मन्त्री पण्डितको पुत्ला दहन


प्रकाशित: शुक्रवार, ३ साउन २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । लोकसेवा विज्ञापनको विरोधमा शुक्रवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितको पुतला दहन गरिएको छ ।


आरक्षण बचाउ आन्दोलनकर्ताले शहिद गेटबाट सुरु भएको प्रदर्शनमा प्रधानमन्त्री ओली र मन्त्री पण्डितको पुतलामा आगो लगाउँदै विरोध गरेको थियो । 


लोकसेवा आयोगले स्थानीय तहको अधिकारमाथि हस्तेक्ष गरी असमावेशी विज्ञापन प्रकाशित गरेको, आरक्षण कटौती गरेको भन्दै आदीवासी जनजाति, मधेशी, दलित, अल्पसंख्यक मुस्लिमहरुले सडक आन्दोलन सुरु गरेको छ । 


लोकसेवाले स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेलगत्तै आन्दोलनमा उत्रेका उनीहरुले सर्वोच्च अदालतमा विज्ञापन खारेज गर्न रिट दिएपनि अदालतले परिक्षा नरोक्ने आदेश दिएपछि आन्दोलन झनै चर्काइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex