काठमाडौं । अस्वभाविक मूल्य बृद्धि पछि कालीमाटी तरकारी बजारमा बाण्ज्यि विभागले शुक्रवार विहान छापा मारेको छ ।
बिहान ३ बजेदेखि विभागले बल्खु र कालीमाटी तरकारी बजारमा अनुगमन गरी दर्जन बढी पसलमाथि कारबाही सिफारिस गरेको छ ।
मूल्यबृद्धिको गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले विहानैबाट अनुगमन गरेको बताएको छ ।
विभागले अनुगमनका क्रममा कालिमाटीका ७ र बल्खुका ८ गरी १५ वटा तरकारी पसललाई कार्वाही गर्ने भएको छ । विभागका अनुसार व्यवसायीहरुले विलविजक विनानै तरकारी तथा फलफूल विक्री गरेको खबर आउने वित्तिकै अनुगमन बढाएको हो ।
बर्षासँगे आएको बाढी र पहिरोको मौका छोपी तरकारी तथा फलफूलको मूल्य व्यवसायीले बढाएपछि उपभोक्ताले ठगिएको महसुश गरेका थिए ।
Categorized in समाज